स्पेनलाई स्तब्ध पार्ने ४० वर्षीय भोसिन्हा
nepalviews.com · Tue Jun 16 08:33:37 GMT 2026

काठमाडौं । पहिलोपटक विश्वकप खेलिरहेको केप भर्डेले FIFA विश्वकप २०२६ मा सनसनी मच्चाउँदै समूह ‘एच’ अन्तर्गत मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा स्पेनलाई ऐतिहासिक ०–० को बराबरीमा रोक्यो ।
खेलभर बल पूर्ण रूपका खेलाडीको खुट्टामा थियो । युवा स्पेनिस टोलीले केप भर्डेको गोल पोस्टमा लगातार आक्रमण गरिह्यो । २७ पटक आक्रमण । ७ वटा प्रहार त टार्गेटमै थिए । तर, नतिजा निस्केन । केप भर्डेका ४० वर्षीय अनुभवी गोलकिपर स्पेनी आक्रमणका अगाडि वाल बनेर उभिए । जोसिमार जोसे एभोरा डियास, जसलाई 'भोसिन्हा' भनेर चिनिन्छ, उनको अविश्वस्नीय र जादुयी प्रदर्शनका अगाडि स्पेन निरीह बन्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ