विश्व वातावरण दिवस : नेरिक एकेडेमीका विद्यार्थीद्वारा चित्रकला मार्फत ‘ग्लोबल वार्मिङ’ को यथार्थ उजागर
nepalpress.com · Fri Jun 05 09:06:31 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगर स्रोत केन्द्र स्तरीय “विश्व वातावरण दिवस २०२६” को अवसरमा आयोजना गरिएको कार्यक्रममा नेरिक एकेडेमीका विद्यार्थीहरूले कलात्मक चित्र मार्फत पर्यावरण संरक्षणको बलियो सन्देश दिएका छन्।
विद्यालयकी कक्षा ८ की छात्रा एमी श्रेष्ठ र छात्र एरिस बस्नेतद्वारा संयुक्त रूपमा तयार पारिएको ‘ग्लोबल वार्मिङ इम्प्याक्ट’ (Global Warming Impact) शीर्षकको चित्रले यतिबेला सबैको ध्यान आकर्षण गरेको छ। उक्त कलात्मक सिर्जनाले आजको विश्वले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौती-ग्लोबल वार्मिङ (विश्वव्यापी उष्णता) को दर्दनाक यथार्थलाई प्रस्ट रूपमा उजागर गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)