बद्री केसी नेतृत्वको कार्यसमितिमा कुनै कानुनी अन्योल छैन: गैरआवासीय नेपाली संघ
ratopati.com · Fri Jun 27 17:49:00 GMT 2025

काठमाडौँ । बालुवाटारस्थित सचिवालयबाटै काम गर्दै आएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बद्री केसी नेतृत्वको कार्यसमिति वैधानिक रूपमा मान्य रहेको बताएको छ । संघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कार्यसमिति वैधानिक रूपमा स्थापित भइसकेको र यस सम्बन्धमा अब कुनै कानुनी अन्योल नरहेको जनाएको हो ।
संघका उपाध्यक्ष डा। हेमराज शर्माको निवेदनमा सर्वोच्च अदालतमा विचाराधीन पुनरावलोकन मुद्दामा २०८२ असार ५ गते सर्वोच्चको पूर्ण इजलास (न्यायाधीश विनोद शर्मा, शारङ्गा सुवेदी र अब्दुल अजीज मुसलमान) बाट पुनरावलोकनको अनुमति प्रदान गरिएको जानकारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यसअघि २०८० चैत २१ मा सर्वोच्चले एनआरएनएको १० औँ महाधिवेशन रद्द गर्ने निर्णय दिएको थियो, जुन निर्णयको पुनरावलोकनको अनुमति पेस भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)