श्रावण शुक्ल पूर्णिमाः धार्मिक तथा पर्यटकीयस्थलमा दर्शनार्थीको घुइँचो
canadanepal.com · Fri Aug 28 10:24:03 GMT 2026

खोटाङ - श्रावण शुक्ल पूर्णिमाको अवसर पारेर जिल्लाका धार्मिक तथा पर्यटकीयस्थलमा आयोजना गरिएका मेलामा दर्शनार्थीको घुइँचो लागेको छ ।
ढोल/झ्याम्टा तथा ढ्याङ्ग्रो र थालको तालमा ‘सै राजा सै–सै, सै रानी सै–सै’ बोलको गीत गाउँदै धार्मिक एवं पर्यटकीयस्थलमा ढोलेतालेसहित पुगेका धामीझाँक्रीहरु पूजाआजा गर्दै नाचिरहेका छन् । साउन महिना लागेसँगै गुप्तवास बसेका धामीझाँक्री श्रावण शुक्ल पूर्णिमाको दिन धार्मिकस्थलमा गएर नुहाउनुका साथै पूजाआजा गरेर बिद्धे (ज्ञान) प्राप्तिका लागि प्रार्थना गर्ने चलन छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)