पोलेको नाककानसँग आराखा
nepalnews.com · Sat May 23 13:15:01 GMT 2026

गाडीबाट ओर्लिनेबित्तिकै थरीथरीका फलफूलका बोट, वरपर फुलेका अनगिन्ती फूल, एकापट्टिको पाटोमा लहलहाउँदो मौसमी तरकारी अनि अगाडि थियो धुलिखेल, पाँचखाल उपत्यका र पलान्चोक भगवतीनाथतिरका डाँडाकाँडाको रमणीय दृश्य। प्राकृतिक सौन्दर्यको अमूल्य रसपान सकिएकै थिएन, एक जना भाइ तुलसी र पुदिनाका पातहरूलाई तातो पानीमा केही क्षण डुबाएर/उमालेर तयार गरिएको ‘हर्बल चिया’ बोकेर आइपुगे स्वागत गर्न। त्यो त्यहाँको ‘वेलकम ड्रिंक’ रहेछ। परम्परागत चियाभन्दा पनि पुरानो यो ‘तिजान’ लाई चिया चाहिँ किन भनेका होलान् भनेर गम्दै गर्दा हाम्रा आतिथेय रमेश राई आइपुगे स्वागत गर्न।
हामी पुगेका थियौँ- काठमाडौँबाट लगभग ४० किलोमिटर टाढा, काभ्रेपलान्चोकको नमोबुद्ध फूलबारीमा रहेको मुन्दुम फार्म स्टेमा। साथमा थिए, नेपाल सरकारका पूर्वसचिव तथा रैथाने विश्वविद्यालयका अभियन्ता डा. मानबहादुर विश्वकर्मा र अनुसन्धाता यज्ञविक्रम शाही। आतिथेय रमेश राई हाम्रा लागि स्रोतव्यक्ति थिए एउटा अनुसन्धानका लागि। पाल्पामा थातथलो भएका डाक्टर सा’ब र जाजरकोटका शाही राजा सा’बका साथमा माझ किरातको स्वादसँग गहन छलफलको लक्ष्य थियो, यस भ्रमणको।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)