क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
gorkhapatraonline.com · Tue Sep 08 07:56:53 GMT 2026

काठमाडौँ महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र स्त्रीरोगको निः शुल्क परीक्षण गराउने भएको छ । कामपा-२७ ले आउँदो असोज १७ गते शनिबार महिलामा हुने ती विषयको रोगको निः शुल्क स्वास्थ्य जाँच गराउन लागेको हो ।
उक्त वडाले निः शुल्क स्वास्थ्य शिविरका लागि निजामती कर्मचारी अस्पतालसँग सम्झौतासमेत गरिसकेको छ । उक्त वडाले ‘वडाको अग्रसरतामा क्यान्सरमुक्त टोल, क्यान्सरमुक्त समुदाय तथा क्यान्सरमुक्त वडा’ भन्ने कार्यक्रम अघि सारेको छ । उक्त कार्यक्रमलाई महानगरपालिकाले क्रमशः सबै वडामा विस्तार गर्ने सोच अघि बढाएको जानकारी दिँदै सम्झौतापछि कार्यवाहक प्रमुख सुनिता डङ्गोलले भन्नुभयो, “पछिल्लो समय महिलामा स्वास्थ्य समस्याका रुपमा रहेको क्यान्सरको लक्षण नदेखिँदै रोगको सम्भावना पहिचान गर्न खोजिरहेका छौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)