मन्त्रीको ‘खुट्टा भाँचिदिने’ अभिव्यक्ति कानूनी शासन विपरित: बासना थापा
hamrakura.com · Tue Jun 16 00:00:00 GMT 2026
काठमाडौँ। नेपाली कांग्रेसकी सांसद बासना थापाले पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काममा ढिलाइ गर्ने निर्माण व्यवसायीको ‘खुट्टा भाँचिदिने’ भनी दिएको अभिव्यक्ति कानुनी शासनको विरुद्धमा रहेको बताएकी छन्। प्रतिनिधि सभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो भौतिक कारबाहीको भाषा लोकतान्त्रिक व्यवस्थामा स्वीकार्य हुन नसक्ने स्पष्ट पारिन्।
काम नगर्ने वा गल्ती गर्ने निर्माण व्यवसायीलाई कानुनी दायराभित्र ल्याएर कारबाही गरिनुपर्ने उनको भनाइ थियो। कानुनविपरीत काम गर्ने ठेकेदारलाई कालोसूचीमा राख्ने, कानुनी कारबाही गर्ने वा आवश्यक प्रशासनिक प्रक्रिया अपनाउने उपायहरू हुँदाहुँदै राज्यको जिम्मेवार तहबाटै नागरिकमाथि भौतिक हिंसा र त्रास सिर्जना गर्ने खालको अभिव्यक्ति आउनु दुःखद भएको उनले उल्लेख गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)