महासचिव पोखरेल र उपमहासचिव भट्टराईले पनि मागे ओलीको राजीनामा
shilapatra.com · Sat May 23 13:14:00 GMT 2026

नेकपा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराईलगायतका नेताहरूले अध्यक्ष शर्मा ओलीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरेका छन् । शनिबार भक्तपुरकाे गुण्डुस्थित ओलीकाे निवासमा बसेको केन्द्रीय सचिवालय बैठकमा उनीहरूले अध्यक्ष ओलीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न भनेका हुन् ।
पछिल्लाे चुनावी हार र पार्टी संकटको नैतिक जिम्मेवारी शीर्ष नेतृत्वले लिनुपर्ने भन्दै पार्टीलाई संकटबाट बचाएर पुनर्गठन र पुनर्जागरणको ढोका खोल्न भन्दै अध्यक्ष ओलीले राजीनामा गर्नुपर्ने माग उनीहरूकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
शंकर पोखरेल