एनआरएनए : इतिहासकै सर्वाधिक कठिन परिस्थितिमा
farakdhar.com · Mon Jan 22 17:17:19 GMT 2024
गैर आवासीय नेपाली संघ(एनआरएनए)भित्र विवाद थप चर्किएको छ । डा.बद्री केसी समुहले आफू निर्वाचित भएको ९० दिन पुगेको अवसरमा शनिबार केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा व्यक्त विचारबाट संघभित्र विवाद चर्किदै गएको प्रष्ट देखिएको छ ।
सो क्रममा डा.केसीले एनआरएनएको निर्वाचनमा नयाँ कार्यसमितिमा रहेकाहरु प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको नजिकको रहेको आरोप लगाउन भ्याए । उनले एनआरएनए आरके शर्मा नेतृत्वको समूहलाई लक्षित गर्दै शर्मालाई प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउद नजिकको व्यक्ति भएको बताए । तीन महिनामा परोपकार, लगानी र संस्थागत गतिविधिहरुको फेहरिस्त सुनाउने क्रममा उनले शर्मा समूह र सरकारप्रति आक्रोश व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)