सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख सहयोग
setopati.com · Tue Sep 08 08:11:59 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले सर्वोत्तम सिमेन्ट तथा जगदम्बा सिमेन्टद्वारा संयुक्त रूपमा एक करोड ११ लाख ११ हजार एक सय ११ रूपैया प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ।
कम्पनीको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत दिवस न्यौपाने, सञ्चालक टिकाराम न्यौपाने, पूर्व–सञ्चालक बिमल कुमार सावर्थिया, पूर्व–सञ्चालक तेन्जिन लाक्देन, प्रमुख सञ्चालन अधिकृत नवीन प्रकाश अधिकारी तथा कम्पनी सचिव कमल कुमार भारतीले उक्त सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्ले मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि प्रदान गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)