चट्याङ लागेर ६ बर्षीया बालिकाको मृत्यु
barnanmedia.com · Fri Jun 27 22:28:56 GMT 2025

पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका ८ माइसिराङमा शुक्रबार साँझ चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ६ बर्षीया एनिका प्रजा (चेपाङ) रहेकी छन् । चट्याङ लागेपछि अचेत अबस्थाकी उनलाई उपचारका लागि मनहरी अस्पताल लगिएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरिदिएको नेपाल चेपाङ संघ मकवानपुरका अध्यक्ष महेशकुमार चेपाङले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)