पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, ९ जना बेपत्ता
barnanmedia.com · Fri Jun 27 22:33:14 GMT 2025

पाकिस्तानको उत्तर पश्चिम खैबर पख्तूनख्वा प्रान्तको स्वात जिल्लामा आएको अचानक बाढीले दुई परिवारलाई बगाउँदा कम्तीमा ६ जनाको ज्यान गएको ६ भने नौ जना अझै बेपत्ता रहेका छन् । उक्त घटना शुक्रबार बिहान भएको हो, स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।
घटना स्वातको बाबुजई तहसीलस्थित बाइपास सडक नजिकै रहेको जी क़ुर्बान रेष्टुराँ छेउमा बिहान करिब साढे आठ बजे भएको हो । डस्का र मर्दान जिल्लाबाट आएका दुई परिवारका सदस्यहरू मनोरञ्जनको लागि स्वात नदीमा पसेका थिए । सोही समयमा माथिल्लो भेगमा परेको भारी वर्षाका कारण नदीमा आएको अचानक बाढीले उनीहरूलाई बगाएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)