मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुदूरपश्चिमका तीन जिल्लामा वर्षा, पहिरो र आकस्मिक बहावको जोखिम

ratopati.com · Fri Jun 27 22:47:00 GMT 2025

काठमाडौँ। सुदूरपश्चिम प्रदेशका दार्चुला, डोटी र बाजुरा जिल्लामा पहिरो र आकस्मिक बहावको जोखिम देखिएको छ। जल तथा मौसम विज्ञान विभागले शनिबार बिहान ४ बजे एक सूचना जारी गर्दै पछिल्लो ३ घण्टामा दार्चुलाको गोकुलेश्वर, डोटीको पश्चिम सेती क्षेत्र र बाजुराको ओलेना तथा आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा मापन गरिएको जनाएको हो।

विभागले ती क्षेत्रमा आगामी समयमा थप वर्षाको सम्भावना रहेको जनाउँदै साना खोलाहरूमा आकस्मिक रूपमा बहाव बढ्न सक्ने चेतावनी दिएको छ। साथै, कमजोर तथा भिरालो भू–भागमा पहिरोको जोखिमसमेत बढेको विभागले स्पष्ट पारेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)