नेवारी वाद्यवादन प्रशिक्षण समापन
gorkhapatraonline.com · Sat May 23 13:39:32 GMT 2026

गुल्मीको तम्घासमा नेवार समुदाय नेवा खलः गुल्मीको संयोजनमा घरेलु तथा साना उद्योग कार्यालयले आयोजना गरेको नेवार समुदायलाई मौलिक बाजा (धिमे र बाँसुरी) बजाउने १५ दिने आधारभूत तालिमको समापन भएको छ ।
समान कार्यक्रममा नेवारी पोशाकमा यहाँका महिला तथा पुरुष सजिएका थिए। धिमे बाजा तथा बाँसुरी वादन तालिममा ३५ जना सहभागी थिए। पुस्तान्तरणका लागि नेवार समुदायको मौलिक बाजा बजाउने तालिम नयाँ युवापुस्तालाई प्रदान गरिएको थियो। तालिमले मौलिक बाजाको संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)