लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने भएकाले सतर्क रहन आग्रह
Ujyaaloonline.com · Fri Jun 27 23:47:36 GMT 2025

काठमाण्डौ – सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परेको छ । पानी परिरहेका दार्चुला, डोटी र बाजुरामा पहिरो र आकश्मिक बहावको जोखिम देखिएको भन्दै सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
दार्चुलाको गोकुलेश्वर, डोटीको पश्चिम सेती र बाजुराको ओलेना तथा आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा मापन भएकाले साना खोलाहरूमा आकश्मिक रूपमा बहाव बढ्न सक्ने भन्दै महाशाखाले सतर्क रहन भनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)