मधेसमा फेरिँदै राजनीतिक अभ्यास
nepalnews.com · Tue Sep 08 08:29:29 GMT 2026

जनकपुरधाम। पछिल्लो समय युवा पुस्ता ‘जेन-जी’ले उठाएको सशक्त आवाज र आन्दोलनको प्रभाव काठमाडौँका सडकमा मात्रै सीमित रहेन। त्यसको प्रभाव मधेसका गाउँदेखि सहरी जीवनसम्म देखिएको छ।
मधेसका ग्रामीण क्षेत्रमा परम्परागत रूपमा राजनीतिक पकड जमाएका दललाई पछिल्लो आन्दोलनपछि ठुलो धक्का लागेको छ। प्रतिनिधिसभा निर्वाचनमा मधेसका ३२ सिटमध्ये ३० सिट परिवर्तनको नारा लिएर आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई दिएर मतदाताले परम्परागत राजनीतिक शक्तिप्रति असन्तुष्टि व्यक्त गरे। यसले मधेसकेन्द्रित दल मात्रै होइन, पुराना दलको राजनीतिक जगसमेत हल्लाइदिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)