नेप्सेको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल
ajakoartha.com · Tue Jun 16 09:23:00 GMT 2026

काठमाडौं- सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्ष पदमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई जिम्मेवारी दिएको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार लम्साललाई नेप्से सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी तोकिएको हो। उनी हाल अर्थ मन्त्रालयमा सहसचिवका रूपमा कार्यरत छन्।
यसअघि नेप्सेको अध्यक्ष पदमा हेमन्त बस्याल रहेका थिए। सरकारले उनलाई तीन वर्षे कार्यकालका लागि नियुक्त गरेको भए पनि नयाँ सरकार गठनपछि व्यक्तिगत कारण देखाउँदै उनले गत वैशाख ४ गते पदबाट राजीनामा दिएका थिए।
बस्यालले कार्यकाल पूरा हुनुअघि नै पदत्याग गरेपछि नेप्सेको अध्यक्ष पद रिक्त रहेको थियो। रिक्त पदमा सरकारले लम्साललाई जिम्मेवारी दिएसँगै नेप्सेले नयाँ नेतृत्व पाएको छ। पूँजीबजार सुधार, नियामकीय समन्वय र बजार विकासका विषयमा नयाँ अध्यक्षको भूमिका महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)