मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारतबाट ल्याइएका पाँच हजारभन्दा बढी कुखुराका चल्ला बरामद

baahrakhari.com · Wed Apr 29 18:07:46 GMT 2026

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१३ लालापुरुवा क्षेत्रमा अवैध रूपमा भारतबाट ल्याइएका कुखुराका चल्ला बुधबार यहाँ बरामद गरिएका छन् । जिल्ला प्रहरी कार्यालयले अन्दाजी पाँच लाख १६ हजार ८०० बराबरका पाँच हजार ४४० थान कुखुराका चल्ला बरामद गरिएको जनाएको छ ।

बरामद गरिएका चल्लालाई पशु क्वारेन्टिइन कार्यालय, नेपालगन्ज पठाइएकामा सबै चल्ला नष्ट गरिएका पशु क्वारेन्टिइन कार्यालय प्रमुख डा. हरेराम यादवले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)