राप्ती प्रादेशिक अस्पताल र थारू राजा दङ्गीशरणको इतिहास संरक्षण गर्न रु चार करोड
barnanmedia.com · Tue Jun 16 09:24:35 GMT 2026

लुम्बिनी प्रदेश सरकारले यहाँस्थित राप्ती प्रादेशिक अस्पताललाई रु चार करोड बजेट विनियोजन गरेको छ । सोमबार प्रदेशसभामा पेस गरिएको बजेट भाषणमार्फत आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले सो कुरा बताउनुभएको हो । “अस्पतालको स्तरोन्नतिका लागि उक्त बजेट विनियोजन गरिएको हो । अब, अस्पताल २०० श्ययामा विस्तार हुने भएको छ”, उहाँले भन्नुभयो ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई सरकारले बजेट विनियोजन गर्दा प्राथमिकतामा नपारेको भन्दै यसअघि यहाँका नागरिकले विरोध गर्दै आएका थिए । यसपटकको बजेटले भने धेरै आशा पलाएको छ, स्थानीय खुमानन्द अधिकारीले भन्नुभयो । त्यसैगरी, प्रदेश सरकारले थारू राजा दङ्गीशरणको इतिहास संरक्षण गर्नका लागि यसपटक बजेट विनियोजन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)