परीक्षा प्रणाली सुधार्दै कृषि विश्वविद्यालय
kendrabindu.com · Tue Jun 16 09:43:41 GMT 2026

चितवन । चितवन जिल्लास्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले परीक्षा प्रणालीलाई छिटो छरितो बनाउन सुरु गरेको छ । विश्वविद्यालयका आठ आङ्गिक र आठ सम्बन्धन प्राप्त कलेज छन् ।
सबैभन्दा बढी कृषिका विद्यार्थी अध्ययनरत छन् । एउटै सङ्कायको नतिजा आउन वर्ष दिनसम्म लाग्ने गरेकामा अहिले दुई महिनाभित्रमा नतिजा आउनेगरी काम सुरु गरिएको छ । विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा डा मनोज शाहले एकै समयमा परीक्षा सम्पन्न भएका परीक्षार्थीको नतिजा एकैपटक हुनेगरी काम भइरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)