‘मिथ्या प्रचार गरिँदा परिवार योजनामा प्रभाव पर्न सक्छ’
barnanmedia.com · Wed Apr 29 21:58:11 GMT 2026

काठमाडौँ, १७ वैशाखः नेपालमा जनसङ्ख्यामा वृद्धिदर र प्रजनन दरमा कमी भएकाले अब चाँडै जनसङ्ख्या ऋणात्मक हुन्छ भनी गरिएको प्रचार मिथ्या भएको जानकारी गराइएको छ ।
महिला, कानुन र विकास मञ्च तथा एम्प्लिफाइ चेञ्जले बुधबार यहाँ आयोजना गरेको ‘परिवार योजना’ विषयक छलफलमा गर्भ निरोधक साधनहरूको प्रयोगमा वृद्धि भएर नभई बसाइँसराइका कारणले धेरै दम्पती छुटिएर बस्न बाध्य भएकाले यस्तो अवस्था आएको जानकारी दिइएको हो । यस्तै, हाल ३४ प्रतिशत विवाहित पुरुष देशबाहिर रहेकाले पनि यस्तो अवस्था देखिएको जानकारहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)