विकल पौडेल दम्पतीविरुद्ध ६८ करोड ९४ लाख बिगो दाबीसहित सम्पत्ति शुद्धीकरणको मुद्दा दायर
barnanmedia.com · Wed Apr 29 22:37:54 GMT 2026

राजस्व अनुसन्धान विभागले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र उनकी श्रीमती एलिना बस्नेत विरुद्ध विदेशी विनिमय अपचलन तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) को मुद्दा दर्ता गरेको छ । विभागले पौडेल दम्पती विरुद्ध ६८ करोड ९४ लाख रुपैयाँ बिगो माग गर्दै काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको हो ।
पौडेल दम्पतीले विदेशी विनिमयको कसुरबाट आर्जित सम्पत्तिउपर विभागले अनुसन्धान गरी सम्पत्ति शुद्धीकरणको नयाँ मुद्दा दायर गरेको हो । कसुरबाट आर्जित धनको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा १ को देहाय खण्ड (क), (ख) र (ग)मा उल्लिखित कार्य गरेको अनुसन्धानबाट पुष्टि हुन आएको आरोप पत्रमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)