अन्तरराष्ट्रिय सङ्ग्रहालय दिवस: नेपालका सङ्ग्रहालय सांस्कृतिक एकताका केन्द्र
barnanmedia.com · Sat May 23 14:19:36 GMT 2026

काठमाडौँ, ९ जेठ : नेपालका सङ्ग्रहालय सांस्कृतिक एकताका केन्द्रका रूपमा स्थापित भएका छन् । अन्तरराष्ट्रिय सङ्ग्रहालय दिवसका अवसरमा नारायणहिटी दरबार सङ्ग्रहालय विकास समिति र इन्टरनेशनल काउन्सिल अफ म्युजियम नेपाल (आइकम नेपाल) ले आज यहाँ आयोजना गरेको कार्यक्रममा पाटन, लुम्बिनी, तारागाउँलगायत सङ्ग्रहालयले त्यस्तो सन्देश प्रवाह गर्न सफल भएको हो ।
नेपालमा सङ्ग्रहालयको विकास र वर्तमान अवस्थासम्बन्धी प्रस्तुतीकरण दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति महाशाखा प्रमुख डा सुरेशसुरस श्रेष्ठले पाँचौँ शताब्दीदेखिका सङ्ग्रहालय सङ्ग्रहित अभिलेखले नेपालमा विभेद नभएको देखाउने बताउनुभयो । विश्वमा सांस्कृतिक कूटनीतिका दृष्टिले धेरै सङ्ग्रहालय खुलेको जानकारी पनि उहाँले दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)