मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फाल्गुनन्दले थाल्यो आफ्नै भवनबाट प्रशासन सञ्चालन

gorkhapatraonline.com · Tue Jun 16 09:53:52 GMT 2026

भाडामा रहेर कार्यसम्पादन गर्दै आएको पाँचथरको फाल्गुनन्द गाउँपालिका अब सुविधासम्पन्न भवनमा प्रवेश गरेको छ । गाउँपालिकाले वडा नम्बर ५ फाक्तेपमा निर्माण गरिएको नयाँ प्रशासकीय भवनबाट सेवा सञ्चालन सुरु गरेको हो ।

गाउँपालिकाको केन्द्र कहाँ रहने भन्ने लामो विवादका कारण पालिकाले हालसम्म घुर्बिसे पञ्चमीस्थित विद्यालय भवनलाई अस्थायी कार्यालयका रूपमा प्रयोग गर्दै आएको थियो । केन्द्रको विवाद समाधान भएसँगै निर्माण प्रक्रिया अघि बढाइएको भवन डेढ वर्षको अवधिमा तयार भएपछि प्रशासन आफ्नै संरचनामा सरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)