अर्घाखाँची जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
annapurnapost.com · Tue Jun 16 09:47:34 GMT 2026

अर्घाखाँची : अर्घाखाँची पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ। जिल्लाका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतका आवश्यक खोप प्राप्त गरेको सुनिश्चित गर्दै पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।
सन्धिखर्कमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले जिल्ला खोप समन्वय समितिका संयोजक जीवनारायण कोइराला र सदस्य सचिव कृष्णप्रसाद पोख्रेललाई पूर्णखोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र हस्तान्तरण गरेका थिए। प्रमाणपत्र प्रदानसँगै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)