मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अदालतबाट सफाइ पाइन, स्वास्थ्य सेवा विभागकी पूर्वमहानिर्देशक संगीता मिश्राले

barnanmedia.com · Tue Jun 16 09:52:09 GMT 2026

काठमाडौं । विशेष अदालतले स्वास्थ्य सेवा विभागकी पूर्वमहानिर्देशक संगीता कौशल मिश्रालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले मिश्रलाई सफाइ दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिश्रासहित १४ जनाविरुद्ध २ कात्तिक २०८२ मा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । पूर्वमहानिर्देशक मिश्रासहित विवेककुमार लाल, भुवनप्रसाद काफ्ले, दीपक अधिकारी, यादवप्रसाद सापकोटा, शम्भुप्रसाद ढकाल, सीता भन्ने सीता घिमिरे र तिलकराम ढकालले पनि सफाइ पाएका छन्

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)