हेटौँडा यातायात कार्यालयद्वारा ५७ करोड राजस्व सङ्कलन
ratopati.com · Tue Jul 29 18:16:00 GMT 2025

बागमती । यातायात व्यवस्था कार्यालय हेटौँडाले आर्थिक वर्ष २०८१/८२ मा रु ५७ करोड ४२ लाख ७६ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा नयाँ सवारीसाधन दर्ता, नवीकरण तथा सवारी चालक अनुमति पत्र वितरणलगायतबाट उक्त राजस्व सङ्कलन भएको हो ।
यस अवधिमा साना र ठुला गरी ६ हजार ९५ नयाँ सवारीसाधन दर्ता भएका कार्यालय प्रमुख प्रविण श्रेष्ठले जानकारी दिए । अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा रु एक करोड ३५ लाख ५९ हजार बढी राजस्व तथा एक हजार ६९६ बढी नयाँ सवारीसाधन दर्ता भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)