सङ्खुवासभाको मकालुमा पहिराेले दुई सय १८ भेडा पुरियो
gorkhapatraonline.com · Sat May 23 14:34:59 GMT 2026

लगातारको वर्षापछि आएको बाढीका कारण संखुवासभाको मकालु गाउँपालिका–५ फोक्टेस्थित पाखुरी खोलामा ठूलो क्षति भएको छ । बाढीमा परी स्थानीय कृषक दलबहादुर गुरुङका २ सय १८ भेडा बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार शनिबार बिहान करिब २ बजे आएको बाढीले चरन क्षेत्रमा रहेका गुरुङका २ सय ५० भेडामध्ये अधिकांश बगाएको हो । हालसम्म ३२ वटा भेडा मात्र जीवित अवस्थामा फेला परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)