मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महानिर्देशक र निर्देशकमाथि ‘राहदानी छपाइसम्बन्धी कार्यमा भ्रष्टाचारजन्य कसुर’मा छानबिन

baahrakhari.com · Tue Jun 16 10:02:50 GMT 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टोलीबाट पक्राउ गरिएका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र सूचना प्रविधि निर्देशक सुनिलकुमार केसीलाई मंगलबार (असार २) विशेष अदालतले चार दिन थुना म्याद दिएको छ । सोमबार (असार १) उनीहरू दुवैजनालाई अख्तियारले नियन्त्रणमा लिएको हो ।

अख्तियारबाट २० दिन थुना म्याद माग भएको विशेष अदालतका प्रवक्ता हरिशरण लामिछानेले जानकारी दिए । तर, अदालतबाट चार दिन हिरासतमा राख्न अनुमति दिइएको उनले बताए ।

उनीहरूविरुद्ध अख्तियारले ‘राहदानी छपाइसम्बन्धी कार्यमा भ्रष्टाचारजन्य कसुर’मा छानबिनका निम्ति म्याद थप माग गरेको थियो । “दुवैजनालाई अख्तियारले २० दिन मागेको थियो, इजलासबाट चार दिन थप भएको छ,’’ प्रवक्ता लामिछानेले बाह्रखरीसँग भने ।

विभाग पुगेर अख्तियारको टोलीले सम्बन्धित कागजात समेत नियन्त्रणमा लिएको छ । “राहदानी छपाइ तथा आपूर्ति ठेक्काको विषयमा सोधपुछका लागि नियन्त्रणमा लिइएको हो,’’ अख्तियार स्रोतले भन्यो ।

राहदानी विभागको ठेक्का प्रक्रियामा मिलेमतो गरी करोडौँ रुपैयाँको अनियमितता गरिएको आरोपमा उनीहरूविरुद्ध अख्तियारमा उजुरी परेको थियो । उनीहरूलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान अघि बढाइएको स्रोतले जनाएको छ ।

#अख्तियार

#राहदानी विभाग

#तीर्थराज अर्याल

#राहदानी छपाइ

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय