मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हवाई आक्रमणमा परी पाँच प्यालेष्टिनी प्रहरीको मृत्यु

ratopati.com · Sat May 23 14:45:40 GMT 2026

इजरायलले उत्तरी गाजा पट्टीमा शनिबार गरेको आक्रमणमा पाँच प्रहरी अधिकारीको मृत्यु भएको छ।

गाजा शहरको अल–शिफा अस्पतालका अनुसार आक्रमणका केही प्रहरीको मृत्यु भएको र कैयौँ घाइते भएको जनाइएको छ ।

अस्पताल श्रोतले भनेको छ, 'अल–तुआम क्षेत्रमा रहेको प्रहरी चौकीलाई लक्षित गरी इजरायली हवाई आक्रमण भएको, यसबाट पाँच प्रहरीले शहादत प्राप्त गरेका र कैयौँ प्रहरी घाइते भएको अवस्थामा अस्पतालमा ल्याइएको थियो ।'

इजरायली सैन्य स्रोतले एएफपीलाई बताएअनुसार सेनाले उक्त क्षेत्रमा रहेका हमासका आतङ्ककारीहरूलाई निशाना बनाएको थियो । गाजामा हमास र इजरायलबीच अक्टोबरदेखि युद्धविराम लागु भएको छ तर सम्झौतामा इजरायलले खतराको रूपमा सोचेको लक्ष्यमा आक्रमण गर्ने अधिकार सुरक्षित राखेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय