नेपाल गम्भीर भूराजनीतिक भुमरीतिर धकेलिँदै गइरहेको छ : प्रदीप ज्ञवाली
baahrakhari.com · Tue Jun 16 10:18:31 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले नेपाल गम्भीर भूराजनीतिक भुमरीतिर धकेलिँदै गइरहेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन् ।
“सीमामा चिया निकासी रोकिँदा हजारौँ श्रमिक र सयौँ उद्यमीहरू संकटमा पर्नुभएको छ । दुई महिनाअगाडि बर्बरतापूर्वक लखेटिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीहरू होल्डिङ सेन्टरहरूमा बेवारिसे जस्तै हुनुभएको छ,” सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, “धान रोप्ने बेला मलको अभाव यथावत् छ । महंगी भयावह बनिरहेको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ