मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘कार्की साइँला’को ट्रेलर : भरिया बनेका जितु नेपालको प्रेम, विवाह र सङ्घर्षको कथा

ratopati.com · Tue Sep 08 09:36:17 GMT 2026

काठमाडौँ । आगामी असोज २ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक फिल्मको ट्रेलर कलाकार जितु नेपाल वरिपरि घुमेको छ ।

फिल्ममा जितु कार्की साइँला नामक भरियाकोको रूपमा देखिँदै छन् । ट्रेलरमा भरियाको काम गर्दै आएका कार्की साइँलाको विवाह तथा सन्तानको खुसीमा,त्यसमाथि गाउँलेको हेपाइ प्रवृत्तिलाई देख्न सकिन्छ । ट्रेलरले उनको एक युवतीसँगको प्रेम र विवाह पनि देखाएको छ । फिल्मले एक भरियाको कथा पस्किएको ट्रेलरबाट अनुमान गर्न सकिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)