एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
ratopati.com · Fri Jun 05 11:22:45 GMT 2026

काठमाडौँ । १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको अन्तिम दिन शुक्रबार एथलेटिक्सतर्फ बागमती प्रदेशले सर्वाधिक ११ स्वर्ण पदक जितेको छ । बागमतीले स्वर्णका साथै ७ रजत र ५ कांस्य पदक पनि आफ्नो नाममा गर्यो ।
एथलेटिक्सका विभिन्न २६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । जसमा सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ३ रजत र ४ कांस्य पदक जित्दै दोस्रो स्थान हासिल गर्यो । त्यसैगरी लुम्बिनी प्रदेशले ५ स्वर्ण, ९ रजत र ५ कांस्य, गण्डकी प्रदेशले २ स्वर्ण, २ रजत र ७ कांस्य तथा कर्णाली प्रदेशले १ स्वर्ण, २ रजत र ३ कांस्य पदक जिते । प्रतियोगितामा कोशी प्रदेश स्वर्णविहीन बन्दै समान २–२ रजत र कांस्य पदकमा चित्त बुझाउन बाध्य भयो भने मधेश प्रदेशले कुनै पनि पदक जित्न सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)