मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बजेट कार्यान्वयनमा समस्या आउँदैन : मन्त्री लिङ्थेप

annapurnapost.com · Tue Jun 16 10:30:50 GMT 2026

विराटनगर : कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले बजेट कार्यान्वयनमा कुनै समस्या नआउने बताएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री लिङ्थेपले सुशासन र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर ल्याइएको बजेट कार्यान्वयनमा कुनै समस्या नआउने बताएका हुन् ।

उनले निकट भविष्यमा प्रदेश सरकार परिवर्तन हुन सक्ने भए पनि बजेटको कार्यान्वयनलाई कुनै असर नपर्ने समेत बताए । लिङ्थेपले आगामी आर्थिक वर्षको बजेट यथार्थमा आधारित र बजेट कार्यान्वयनलाई थप जिम्मेवार र जवाफदेही बनाउन कार्यसम्पादन सम्झौता गरिने भएकाले कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)

सम्बन्धित विषय