एमाले सचिवालय बैठकमा धारणा राख्ने क्रम जारी, भोलि पुनः बस्ने
nepalnews.com · Sat May 23 15:07:15 GMT 2026

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठकमा नेताहरुले बोल्ने क्रम जारी रहेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा आज बसेको दोस्रो दिनको बैठकमा पार्टीका महासचिव, तीन उपमहासचिव र पाँच सचिवसहित नौ जना नेताहरूले आफ्नो धारणा राखेको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
उनले पार्टीको आइतबार बस्ने बैठकमा बाँकी चार सचिवले आफ्नो धारणा राख्ने जानकारी दिँदै सबैको धारणा आएपछि प्रस्तावित एजेन्डामाथि निर्णय प्रक्रियालाई अगाडि बढाइने सञ्चारकर्मीलाई बताए । गत शुक्रबारदेखि बैठक सुरु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)