सभामुख बैठकमा प्रवेश गर्दा मन्त्री नउठेपछि ऐन महरको नियमापत्ति
shilapatra.com · Tue Jun 16 10:49:09 GMT 2026

मंगलबारको दोस्रोपटक बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डीपी अर्याल प्रवेश गर्दा मन्त्रीहरू नउठेका भनेर नियमापत्ति जनाइएको छ । बैठकमा एमालेका प्रमुख सचेतक ऐन महरले आपत्ति जनाएका हुन् ।
प्रतिनिधिसभा नियमावलीको नियम २० को खण्ड (क)मा सभामुख बैठककक्षमा प्रवेश गर्दा सबैले उठेर सम्मान प्रकट गर्नुपर्ने व्यवस्था छ । सांसद महरले सो व्यवस्थाअनुसार नउठेका मन्त्रीको भिडियो चेक गरी रुलिङका लागि आग्रह गरे ।
‘सम्माननीय सभामुख महोदय बैठककक्षमा प्रवेश गर्दैगर्दा दुईजना मन्त्रीज्यूले उठेर सम्मान गर्नुभएको छैन, बसिरहनुभएको छ । यसले हामीलाई चिन्तित र गम्भीर भएको छ । त्यो भिडियो चेक गरी रुलिङ गर्न अनुरोध गर्दछु,’ महरले भने ।
बैठककक्षमा सभामुख अर्याल प्रवेश गर्दा अर्थमन्त्री स्वर्णिम वाग्ले र पूर्वाधार विकासमन्त्री सुनिल लम्साल आसनबाट उठेका थिएनन् ।
प्रकाशित मिति: मंगलबार, असार २, २०८३
१६:३४
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
सभामुख डोलप्रसाद अर्याल