राजनीतिक दाउपेचले त्रिभुवन विश्वविद्यालय ८३ दिनदेखि बन्द
nayapatrikadaily.com · Wed Apr 13 00:16:00 GMT 2022
प्रमुख सत्तारूढ कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेको चेपुवामा उच्च शिक्षा
विद्यार्थी र शिक्षकको तालाबन्दीमा पार्टीहरूले राजनीति गर्दा त्रिभुवन विश्वविद्यालय ८३ दिनदेखि बन्द छ । जनकपुरस्थित युथ क्याम्पसलाई सम्बन्धन दिन त्रिवि अनुगमन निर्देशनालयका कर्मचारीले घुस मागेको भन्दै नेपाल विद्यार्थी संघले ७ माघदेखि उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा तालाबन्दी गरेको छ । २४ माघमा आंशिक प्राध्यापकले मासिक तलब पाउनुपर्नेलगायत माग राखेर तालामाथि ताला थपे, त्यो पनि अहिलेसम्म खुलेको छैन । आंशिक प्राध्यापकले क्याम्पसहरूमा समेत ताला लगाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)