नागरिक जहाँ, सरकार त्यहाँ
gorkhapatraonline.com · Tue Sep 08 10:02:01 GMT 2026

अर्जुनचौपारी गाउँपालिकाले पोखरामै सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि घुम्ती शिविर गरेको छ । वडा कार्यालयसम्म पुग्न कठिन हुने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा एकल महिलालाई लक्षित गरेर पालिकाले पोखराको पृथ्वीचोकमा दुई दिन शिविर सञ्चालन गरेको हो ।
शिविरबाट अर्जुनचौपारी–१ का ६, वडा नं.– २ का ३६, वडा नं. –३ का २०, वडा नं. –४ का २३, वडा नं.– ५ का २२ र वडा नं. –६ का ६० जना गरेर १६९ जनाले सेवा लिएको गाउँपालिकाले जनाएको छ । सेवा लिएकामध्ये एक जनाको नयाँ दर्ता समेत गरिएको हो । सामाजिक सुरक्षा भत्ता लिने नागरिक जहाँ बसे पनि सरकारले सहज रूपमा सेवा दिनुपर्ने भएकाले पोखरामै पुगेर नवीकरणको व्यवस्था दिएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)