नारायणहिटी दरबार संग्रहालय : खोलिँदै छ थप कक्ष !
baahrakhari.com · Sat May 23 15:23:52 GMT 2026

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयका कार्यकारी निर्देशक डा. सुरेशसुरस श्रेष्ठले यसको प्रभावकारी व्यवस्थापनका निम्ति स्पष्ट राष्ट्रिय नीति आवश्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय संग्रहालय दिवसका अवसरमा शनिबार (जेठ ९) आयोजित एक कार्यक्रममा उनले नीतिगत अभावका बाबजुद यसको आधुनिकीकरण, अभिलेखीकरण र भौतिक सुधारका कार्य अगाडि बढाइरहेको जानकारी दिए ।
नेपालमा संग्रहालयशास्त्र (म्युजियोलोजी) अध्ययन गरेका दक्ष जनशक्तिको उपलब्धता पर्याप्त रहेको उनले उल्लेख गरे । त्रिभुवन विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयमार्फत उत्पादित जनशक्तिले संग्रहालय क्षेत्रमा योगदान दिइरहेको उनले बताए । उनले उचित नीतिको अभावमा सोचेअनुरूपको फड्को मार्न नसकिएको स्वीकार गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)