बैठकमा मन्त्री नआएपछि पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलको असन्तुष्टि
kendrabindu.com · Tue Jun 16 10:56:04 GMT 2026

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सडक सुरक्षा, यातायात व्यवस्थापनमा सरकार गम्भिर नभएको बताएका छन्। उनी सिन्धुली-२ मा रास्वपाबाट निर्वाचित सांसद हुन् ।
मंगलबार बसेको समितिको बैठकमा उनले सडक सुरक्षा, यातायात व्यवस्थापन जस्तो गम्भीर विषयमा सरकारले चासो नै नदिएको बताएका हुन्। नेपालमा दैनिक औसत सात जनाको सडक दुर्घटनामा मृत्यु हुने तथ्यांक रहेको उल्लेख गर्दै उनले सडक सुरक्षा अहिले राष्ट्रिय चिन्ताको विषय बनेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)