सभामुख बैठकमा प्रवेश गर्दा अनादर गर्ने अर्थमन्त्री वाग्ले र पूर्वाधारमन्त्री लम्सालमाथि कारबाही गर्न माग
nepalbahas.com · Tue Jun 16 10:47:55 GMT 2026

सभामुख बैठकमा प्रवेश गर्दा अनादर गर्ने अर्थमन्त्री वाग्ले र पूर्वाधारमन्त्री लम्सालमाथि कारबाही गर्न माग
२ असार, काठमाडौं । मंगलबार प्रतिनिधिसभा बैठकमा सभामुखमाथि अनादर गरेको भन्दै अर्थमन्त्री स्वर्णिम वाग्ले र पूर्वाधार विकासमन्त्री सुनील लम्सालमामाथि कारबाही गर्न माग भएको छ । मंगलबार विभागीय मन्त्री नआएको विषयले चलिरहेको प्रतिनिधिसभा बैठक नै स्थगित गर्नुपर्ने अवस्थामा सभामुख पुगेका थिए ।
१५ मिनेट बैठक स्थगित गरेर फेरी ३ बजेबाट सुरु गरियो । दोस्रो पटक बैठक सुरु हुँदा पनि सबै मन्त्री आएका थिएनन् । अन्तिम समयमा भने ६ जना मन्त्री सदन प्रवेश गरे । तर, सभामुख बैठकमा प्रवेश गर्दा नउठेर अनादर गरेको अर्को प्रसंग सुरु भयो । एमाले सांसदले उनीहरुलाई रुलिङ गरेर कारबाही गर्नुपर्ने माग गरे ।
विपक्षीले बजेटमाथि मन्त्रालयगत छलफल हुँदा मन्त्रीहरू अनिवार्य उपस्थित हुनुपर्ने अडान लिएपछि सभामुखले बैठक १५ मिनेटका लागि रोकेका थिए । यसपछि अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, कानूनमन्त्री सोविता गौतम, नवप्रवर्तनमन्त्री महावीर पुन र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ सहभागी भए ।
८ वटा मन्त्रालयको बजेटमाथि छलफल हुँदा ६ जना मात्रै मन्त्री आएको भन्दै एमाले सांसद राजेन्द्र राईले विरोध जनाए । तर सभामुखले मन्त्रीहरू आउने क्रममा रहेको आश्वासन दिएपछि सदनको अगाडि बढ्यो । तर, बैठकमा सभामुख अर्याल प्रवेश गर्दा मन्त्रीहरू नउठेका भनेर एमाले सांसद ऐन महरले नियमापत्ति जनाए ।
प्रतिनिधिसभा नियमावलीको नियम २० को खण्ड (क)मा सभामुख बैठककक्षमा प्रवेश गर्दा सबैले उठेर सम्मान प्रकट गर्नुपर्ने व्यवस्था रहेको उनले उल्लेख गरे । उनले नउठेका मन्त्रीको भिडियो चेक गरी रुलिङ गर्न आग्रह गरे । सम्मानीय सभामुख महोदय बैठककक्षमा प्रवेश गर्दैगर्दा दुईजना मन्त्रीज्यूले उठेर सम्मान गर्नुभएको छैन, बसिरहनुभएको छ, उनले भने ।
यसले हामीलाई चिन्तित र गम्भीर भएको छ । त्यो भिडियो चेक गरी रुलिङ गर्न अनुरोध गर्दछु,उनले भने । बैठककक्षमा सभामुख अर्याल प्रवेश गर्दा अर्थमन्त्री स्वर्णिम वाग्ले र पूर्वधार विकासमन्त्री सुनिल लम्साल आसनबाट उठेका थिएनन् । सांसदहरू भने आसनबाट उठेका थिए ।
सभामुख
प्रतिनिधिसभा
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार
लेखकबाट थप
सम्बन्धित पोस्ट
मन्त्री मेहता र राजदूत योङबीच भेट स्कोरियामा रहेका नेपालीको स्वास्थ्यमा ध्यान दिन आग्रह
असार २, २०८३ मंगलबार
मन्त्रालयगत बजेट छलफलमा विभागीय मन्त्रीहरू अनुपस्थित, बैठक स्थगित गर्न बाध्य भए सभामुख
असार २, २०८३ मंगलबार
नापी विभागले १८५९ रोपनी जग्गा रोक्का प्रक्रिया अघि बढायो, भोगचलन गर्नेमा पूर्वविशिष्टहरु नै बढी
असार २, २०८३ मंगलबार
नेपालबहस ट्रेन्डिङ
धितोपत्र काण्डमा ८१ जनाको सम्पत्ति रोक्का, सीआईबीको गोप्य पत्र सार्वजनिक
इन्द्र रिजाल
जेठ ३१, २०८३ आइतबार
मधेश सरकारले १० प्रतिशत बढायो कर्मचारीको तलब
नेपालबहस संवाददाता
असार १, २०८३ सोमबार
सरकार नङग्याउने कैलाली घटना, भिरबाट खसालेको टेम्पो बिग्रिएको प्रमाणित गर्ने प्रयासमा डिभिजन वन
नेपालबहस संवाददाता
जेठ ३१, २०८३ आइतबार
नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहसमा विस्वास पात्रबाटै ओलीलाई धोका, केन्द्रीय कमिटी भारी पर्नसक्ने
नेपालबहस संवाददाता
जेठ ३१, २०८३ आइतबार
Tweets by nepalbahas
लोकप्रिय
१
देशका विभिन्न स्थानबाट लागूऔषधसहित ४३ जना पक्राउ
असार १, २०८३ सोमबार
२
यो वर्ष पूँजीगत बजेट ४ खर्ब ७ अर्ब ८८ करोड थियो, ११ महिनामा ३२ प्रतिशत मात्रै खर्च भयो
असार १, २०८३ सोमबार
३
मकै खेती र आसपासको दृश्य
असार १, २०८३ सोमबार
छुटाउनुभयो कि?
सभामुख बैठकमा प्रवेश गर्दा अनादर गर्ने अर्थमन्त्री वाग्ले र पूर्वाधारमन्त्री लम्सालमाथि कारबाही गर्न माग
असार २, २०८३ मंगलबार
एनसेलको १५ अर्ब ८५ करोड रुपैयाँ ऋण जोखिममा, जमानी फिर्ता लिएर जिम्मेवारीबाट पन्छिन खोज्दै आजियाटा
असार २, २०८३ मंगलबार
सेउलुङ बस्ती पहिरो जोखिममा
असार २, २०८३ मंगलबार
मंगलबार दिउँसो देखिएको माछापुच्छ्रे हिमाल
असार २, २०८३ मंगलबार
चैनपुर बजार र आसपासको दृश्य
असार २, २०८३ मंगलबार
कारोबार रकमसँगै ६ अकं घट्यो नेप्से परिसूचक, सर्वाधिक मूल्य घट्नेमा सयपत्री हाइड्रोपावर
असार २, २०८३ मंगलबार
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)