१० वर्षपछि एमालेमा विद्याको पुनरागमन घोषणाका रोचक दृश्य
baahrakhari.com · Sat Jun 28 16:49:43 GMT 2025

काठमाडौं । अन्ततः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुख खोलेकी छन् । जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसर पारेर शनिबार (असार १४) काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले आफू सक्रिय राजनीतिमा होमिएको घोषणा गरिन् ।
उनले आफू पुनः नेकपा (एमाले)को सदस्य बनेकी जानकारी गराइन् । “...वास्तवमा त्यस बेलै पार्टीमा आबद्ध भएर जीवनभर राष्ट्र र जनताको सेवा गर्ने अठोट गरिसकेकै थिएँ । फरक ढंगको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले)मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु,” उनले भनिन् । त्योसँगै हल ताली र हुटिङले गुन्जियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)