मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बढ्यो बाढीपहिरोको समस्या

gorkhapatraonline.com · Tue Aug 02 00:45:34 GMT 2022

काठमाडौँ, साउन १७ गते । लगातार वर्षासँगै आएको बाढीपहिरोले देशका धेरै ठाउँमा जनधनको क्षति भएको छ। गृह मन्त्रालयका अनुसार एक महिनायता २९ जनाको मृत्यु भइसकेको छ भने दुई जना अझै बेपत्ता छन् । मनसुनजन्य विपत्मा परी ३६ जना घाइते भएका छन्। दुई हजार ५८८ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।

कास्कीमा पहिरोले घर पुरिँदा सोमबार बिहान एक जनाको मृत्यु भएको छ भने केही व्यक्ति घाइते भएका छन्। मोरङको विराटनगर महानगरपालिका वडा नम्बर १९ स्थित ऋषिवन क्षेत्रमा डुबेर बेपत्ता भएका एक व्यक्तिको शव सशस्त्र प्रहरीले फेला पारेको छ। राप्तीको बाढी पस्दा पर्यटकीय नगरी सौराहाको केही होटल डुबानमा परेका छन्। जसले गर्दा होटल व्यवसाय सञ्चालनमा बाधा पुगिरहेको छ। उता कोसी नदीमा आएको बाढीले सप्तरी जिल्लातिर खेतीयोग्य जमिन कटान भएको छ भने श्रीलङ्का टापु डुबानमा पर्ने सम्भावना बढेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)