अमेरिकामा सैन्य विमान दुर्घटना,बी-५२ बमवर्षकका सबैचालकदल सदस्यको मृत्यु
barnanmedia.com · Tue Jun 16 10:59:53 GMT 2026

अमेरिकाको क्यालिफोर्निया राज्यस्थित एडवर्ड्स एयर फोर्स बेसबाट उडेको केही समयमै बी–५२ स्ट्राटोफोर्ट्रेस बमवर्षक विमान दुर्घटनाग्रस्त हुँदा चालकदलका आठै जनाको मृत्यु भएको छ।
स्थानीय समयअनुसार सोमबार बिहान ११ः२० बजे नियमित परीक्षण उडानका लागि उडेको विमान टेकअफ गरेको केही समयपछि दुर्घटनामा परेको अमेरिकी वायुसेनाले जनाएको छ। दुर्घटनापछि घटनास्थलमा ठूलो कालो धुवाँको मुस्लो देखिएको थियो भने आपत्कालीन उद्धार टोली तत्काल परिचालन गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)