बागलुङ गलकोटमा ग्रिनेट बम फेला
gorkhapatraonline.com · Tue Jun 16 11:10:31 GMT 2026

बागलुङको गलकोट नगरपालिका –३ मा रहेको एक घरबाट ग्रिनेट बम फेला परेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार खडकबहादुर खत्रीको तीन तले कच्ची घरको बिच तल्लामा रहेको खाली कोठाबाट ग्रिनेट बम फेला परेको हो।
सूचना प्राप्त हुनासाथ प्रहरी चौकी हटियाबाट प्रहरी निरीक्षक हेमबहादुर थापाको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले उक्त घरलाई सुरक्षा घेराभित्र राख्दै सर्वसाधारणको आवत–जावत नियन्त्रण गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)