दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’
ratopati.com · Tue Jun 16 11:25:47 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा दुई मन्त्रीले सभामुखको अपमान गरेको भन्दै प्रतिनिधि सभा बैठकमा प्रश्न उठेको छ । प्रतिनिधि सभाको मंगलबार बसेको दोस्रो बैठकको कारबाही सुरु गर्न सभामुख बैठक कक्षमा प्रवेश गर्दा दुई मन्त्रीले अपमान गर्ने काम गरेको भन्दै प्रतिपक्षी दल नेकपा एमालेका ऐन महरले प्रश्न उठाएका हुन् ।
सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबै सांसदहरुले उठेर सभामुखको सम्मान गर्नुपर्ने प्रतिनिधि सभा नियमावली २०८३ को नियम २० को खण्ड ‘क’ मा उल्लेख छ ।
तर, दुई मन्त्रीहरूले सम्मान नगरेको उनले बताए । बैठकमा सहभागी भएका अर्थमन्त्री स्वर्णिम वाग्ले र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आफ्नो आसनमै बसिरहेर सभामुखलाई सम्मान प्रकट नगरेका हुन् ।
‘सदनको गरिमा कायम राख्ने हामी सबैको अनिवार्य जिम्मेवारी र दायित्व हो’, महरले भने, ‘मर्यादा पालना गर्नेमा सबै जिम्मेवार बन्नुपर्छ ।’
उनले अगाडि भने, ‘सभामुख बैठक पक्षमा प्रवेश गर्दा सबै सदस्यले उठेर सम्मान गर्नुपर्छ भन्ने विषय नियमावलीमा उल्लेख छ । अघि बैठक सुरु गर्दै गर्दा सभामुख बैठकमा प्रवेश गर्दा २ मन्त्रीले सम्मान गर्नुभएको छैन । सभामुख आउँदा दुई जना मन्त्री बसिरहनु भयो । यसले हामीलाई चिन्तित बनाएको छ ।’
नियमावलीमा यस्तो व्यवस्था छ-
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)