सहकारीले उद्योग खोलेर डेरीजन्य उत्पादन
gorkhapatraonline.com · Tue Jun 16 11:26:01 GMT 2026

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले उद्योग सञ्चालन गरी डेरी जन्य सामग्री आफैले बिक्री गर्न थालेको छ । किसानको दुध खरिद गरेका उद्योगले पैसा दिन ढिला गर्ने, गुणस्तरीय सामग्री उपभोक्ताले पाउन मुस्किल भएको गुनासो आउन थालेपछि संघ आफैले उद्योग स्थापना गरी उत्पादित डेरीजन्य सामग्री मार्टमार्फत प्रत्यक्ष रूपमा उपभोक्तालाई बिक्री वितरण गर्न थालेको हो ।
संघले शुद्ध तथा गुणस्तरीय उत्पादन उपलब्ध गराउने उद्देश्यले बिक्री वितरण सुरु गरेको संघका अध्यक्ष किशोर वगालेले जानकारी दिनुभयो । पूर्वी चितवनको रत्ननगर नगरपालिका –५ मा सञ्चालित उद्योगबाट उत्पादन हुने दुध, दही, पनिर, खुवा, पुष्टकारी, बटर, चिज, गुँदपाक लगायतका सामग्री भरतपुरका तीन स्थानमा सञ्चालनमा रहेका मार्टमार्फत बिक्री हुँदैआएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)