मधेस प्रदेशका १३६ स्थानीय तहका प्रयोगशाला कर्मचारी आन्दोलनमा, सात महिनादेखि पाएनन् तलब
ratopati.com · Tue Jun 16 11:31:03 GMT 2026

धनुषा । मधेस प्रदेशका १३६ वटै स्थानीय तहमा कार्यरत जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीहरूले विगत सात महिनादेखि पारिश्रमिक तथा अन्य सेवा–सुविधा नपाएको भन्दै आन्दोलन सुरु गरेका छन् ।
पीडित कर्मचारीहरूले आफ्नो माग सम्बोधनका लागि जनकपुरधामस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको कार्यालय अगाडि धर्ना तथा र्याली प्रदर्शन गरेका हुन् । प्रयोगशालाकर्मीहरूका अनुसार आर्थिक वर्ष २०८२/८३ को कात्तिक महिनादेखि हालसम्मको तलब र चाडपर्व भत्ता उपलब्ध गराइएको छैन । चालु आर्थिक वर्ष समाप्त हुन लाग्दासमेत कर्मचारीहरूको म्याद थप तथा नवीकरण प्रक्रिया टुङ्गो नलागेपछि आफूहरू सडक सङ्घर्षमा उत्रिनु परेको प्रयोगशालाकर्मी अनिल महतोले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)