मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘सेफ’ सन्तोष साह हाजिरी जमानीमा छुटे

lokaantar.com

बैकिङ कसुर मुद्दामा एक महिना कैद र एक लाख २५ हजार जरिवाना ठेकिएका चर्चित सेफ सन्तोष साह हाजिरी जमानीमा छुटेका छन् ।

बिगो बमोजिमको जरिवाना बुझाएको पर्ची प्रहरीलाई बुझाएपछि उनलाई प्रहरीले मंगलबार अपरान्ह छाडेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले साहलाई जनकपुरबाट यही असार १ गते पक्राउ गरेको थियो ।

उनीविरुद्ध सकुन्तला थापाले जाहेरी दिएपछि काठमाडौं जिल्ला अदालतले २५ लाखको बैकिङ कसुर (चेक अनादर) मुद्दामा एक महिना कैद र एक लाख २५ हजार जरिवाना तिराउने आदेश गरेको थियो । सोही आदेशका आधारमा प्रहरीले साहलाई पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार साहले बिगो बिमोजिमको जरिवाना तिरेको प्रमाण पेस गरेपछि उनलाई हाजिरी जमानीमा छाडिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)

सम्बन्धित विषय