मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्री ओली दोहामा

barnanmedia.com · Sat Jun 28 22:44:58 GMT 2025

प्रधानमन्त्री केपी शर्मा ओली आज कतारको दोहा आइपुग्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा उहाँ यहाँ आइपुग्नुभएको हो ।

प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण दल नेपाली समयअनुसार गए राति ११ः१५ बजे हमाद अन्तरराष्ट्रिय विमानस्थल आइपुग्नुभएको हो । उहाँलाई कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल, उच्चअधिकारीहरू र कतार सरकारको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गर्नुभएको थियो । यस्तै प्रवासी नेपाली मञ्च अन्तरराष्ट्रिय कमिटीका उपसचिव चाणक पोखरेल र मञ्चका कतार अध्यक्ष चुडामणि कार्कीले पनि भ्रमण दललाई स्वागत गर्नुभएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)